२० कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा ओखरको विरुवा रोपेका छन् ।
नेपाली सेनाको एक टुकडीले दिएको सम्मान गारतको निरीक्षण गरेपछि नरवणेले बिहीबार जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपेका हुन् ।
जंगी अड्डामा नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ । नरवणेले सो अवसरमा सैनिक टुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।
यसअघि सेनाध्यक्ष नरवणेले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस