
२० कात्तिक, काठमाडौं । युनाइटेड इदी-मार्दी एन आरबी हाइड्रोपावरले कात्तिक २७ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसअघि स्थानीयलाई जारी गरेको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।
जारी हुने सेयरमध्ये ४३ हजार ६ सय ९६ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएकोे छ भने कर्मचारीका लागि १७ हजार ४ सय ७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ११ गतेसम्म भर्न सकिनेछ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।