अर्थनीति

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने

everest bank

२० कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२औँ बैठकले सेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्‍ने करसहित ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्‍चात सेयरधनीलाई  लाभांश वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी आठ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्ने नपाउने व्यवस्था गरेको छ । जसकारण बैंकले क्षमता भएर पनि कम लाभांश प्रस्ताव गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस