समाचार

सुनको मूल्यमा झिनो गिरावट, चाँदी बढ्यो

gold shop

२० कात्तिक, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो गिरावट आएको छ ।

बुधबार तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १२०५ रुपैयाँ रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस