समाचार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

chaudhary

२० कात्तिक, दाङ । दाङको घोरोहीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोरोही उपमहानगरपालिका–१७ बस्ने २१ वर्षीय कालिसराम चौधरी रहेका छन् । जिल्ला अदालत दाङ देउखुरीले २०७६ पुस २१ गते चौधरीविरुद्ध सवार ज्यान मुद्दामा १ महिना ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

अदालतको फैसलालगत्तै फरार रहेका चौधरीको खोजी गर्ने क्रममा घोरही–१७ क्वाडीमा लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुमत खड्काले जानकारी दिए ।

चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालत दउखुरीमा पेश गरिएको प्रवक्ता खड्काले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस