मनोरञ्जन ताजा समाचार

ऋचा शर्माले जितिन् कोरोना

richa sharma

२० कात्तिक, काठमाडौं । अभिनेत्री ऋचा शर्माले कोरोना जितेकी छन् । आफुलाई तीन साता अगाडि कोरोना संक्रमण भएको र तीन साता सेल्फ क्वारेन्टिनमा बसेपछि कोरोनालाई जितेको अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।ऋचाले कोरोना जितेको खुसीमा एक लामो स्टाटस पोष्ट गर्दै कोरोनाबारे आफुहरुलाई अझै सम्पूर्ण ज्ञान नभएको बताएकी छन् ।

आफूले कोरोना जितेको खुसी साट्दै उनले लेखेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ कि पढेर जानिन्छ कि परेर । यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएको छु ।’

उनले अगाडि लेखेकी छन्, ‘कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु ।’ उनले यो समयमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई धन्यवाद दिएकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस