खेलकुद समाचार

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

football team

२० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको हो । बंगलादेश प्रस्थान गर्नेमा २५ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली छ ।

नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले त्यता एक साता क्‍वारेन्टिनमा बस्‍नेछ । एक साताको क्‍वारेन्टिनपछि नेपाली टोलीको कोरोना परीक्षण गरिनेछ । नेपालले कात्तिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने मितिको तय भएको छ ।

मुख्य विदेशी प्रशिक्षक योहान कालिनको अनुपस्थितिका कारण टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई दिइएको छ । त्यस्तै गोलकिपर प्रशिक्षकमा भने विकास मल्ल छन् । नेपाली टोलीको कप्तानी भने गोलकिपर किरण लिम्बूलाई दिइएको । फिफा विश्‍वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

कोको छन् टिममा :

अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस