सूचना प्रविधि

हेटौंडामा स्याटेलाइट टेलिभिजन प्रशारण हुने

clean feed

२० कात्तिक, हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन  प्रशारण हुने भएको छ ।

करिब रु ५ करोडको लागतमा  सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट अनुमति समेत  प्राप्त भइसकेको बताइएको छ ।

श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट  टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक  उज्जवल चौलागाईँले   तिहारसम्म २४ घन्टा प्रशारण हुने गरी  तयारी भएको जानकारी दिए ।

उनले अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने  बताए । विशेष समाचार तथा समाचार मूलकलाई जोड दिइने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *