२० कात्तिक, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपालको भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई मानार्थ महारथी पदवी प्रदान गरिएको छ ।
एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई महारथी पदवी प्रदान गरेकी हुन् । नेपाल र भारत सैनिक इतिहासमा एकअर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहँदै आएको छ ।
बुधबार नेपाल आएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस