
२० कात्तिक, काठमाडौं । नेपाली गीत संगीतको बजारमा अर्जुन बोसेल कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जना गायनमा अब्बल बोसेलका २२ वटा गीत बजारमा आइसकेका छन्, जुन गीतले नेपाली स्रोताको मन जितेको छ ।
अमेरिकालाई कर्म थलो बनाउँदै आएका अर्जुन बोसेलले आफ्नो सांगीतिक यात्राको अर्काे चरणमा नयाँ शैलीको प्रेम कथामा आधारित ‘गोठालो’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।
प्रेमिल जोडी छुटाउन गरिएका अनेक प्रयत्नलाई भिडियोमा देखाइएको छ । बोसेलको आफ्नै शब्द, संगीत र स्वर रहेको ‘गोठालो’को दृष्य परिकल्पना पनि उनकै छ । प्रेमकथामा आधारित ‘गोठालो’को म्युजिक भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।
सुशील विकको सम्पादन रहेको भिडियोमा योगेश काजी, देवेन्द्र बब्लु, गीता ढुंगाना, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, नीता थकाली, सुनिता घिमिरे, प्रिती तामाङ, सुदिक्षा थकाली लगायतको अभिनय देख्न सकिन्छ ।