राजनीति

प्रचण्ड र नेपालले गरे कानुन व्यवसायीसँग छलफल

Dahal Nepal

२० कात्तिक, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् ।

बिहीबार बिहान पेरिसडाँडामा भएको छलफलमा बार एशोसियनका पदाधिकारी र पार्टीनिकट कानुन सङ्गठनका पदाधिकारी उपस्थित रहेको बताइएको छ । छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपानिकट कानुन संगठनका इन्चार्ज देव गुरूङ र कानुन विभागका प्रमुख रघुजी पन्त पनि सहभागी थिए ।

छलफलमा पाटीभित्रको विवादका बारेमा कुनै प्रशंग नउठेको सहभागी एक जना कानुन व्यवसायीले रातोपाटीलाई बताए । ‘नेताहरुसँग नियमित नै हुने छलफल अन्तर्गत आज पनि भएको हो त्यो भन्दा बढि केही होइन’, ती कानुन व्यवासायीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस