समाचार

मन्त्री कार्की कोरोनामुक्त, विराटनगरमा पाँचको मुत्यु

hikmat karki

२० कात्तिक, काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई आजदेखि नियमित काममा फर्किएका छन् ।

मन्त्री कार्कीलाई  कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले आजबाट  होम आइसोलेशबाट बाहिर आउनुभएको  उहाँका निजीसचिव रवी खनालले बताए ।

दुई सातापछि पुनःपरीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की बाहिर निस्किएका हुन् ।

सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताए । मन्त्री कार्कीलाई यही कात्तिक ६ गते सङक्रमण देखिएको थियो

विराटनगरमा पाँचको मुत्यु

यसैबीच विराटनगरमा पछिल्लो १८ घण्टाको अवधिमा  पाँच जनाको कोरोना सङक्रमणबाट  मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चार जना विभिन्न अस्पताल र एक जना होम आइशोलनका रहेका छन् ।

सुनसरी  इटहरी –१८ का ५५ वर्षिय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज अपरान्ह मुत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो । मृतकलाई यही कात्तिक १७ उपचारका लागि भर्ना गरिएको थियो ।

सोही अस्पतालमा सिरहा विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको आज आइशोलेसनमा उपचारको क्रममा मृत्यु भएको प्रवन्धक दाहालले बताए ।

यसैगरी न्यूरो कोभिड अस्पताल विराटनगरमा सुनसरी इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको आज अपरान्ह मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए ।

विराटनगर–११ स्थित म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय सङ्क्रमित पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिए ।

विराटनगर–८ का ७० वर्षीय सङक्रमित पुरुषको होम आइशोलेसनमा  बुधबार राति मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस