क्रिकेट

मुम्बई इण्डियन्स आईपीएलको फाइनलमा प्रवेश

mumbai wine

२१ कात्तिक, काठमाडौं । मुम्बई इण्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

दुबईमा खेलिएको खेलमा मुम्बईले पहिलो ब्याटिङ गर्दै २०१ रन को लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दिल्ली क्यापिटल्सले ८ विकेटको क्षतिमा मात्र १४३ रन बनाउन सक्यो । दिल्लीका लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रनको पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । म्यान अफ द म्याच चुनिएका जसप्रित बुमराहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चिएर ४ विकेट लिए ।

दिल्लीको शुरुवात निकै खराब रह्यो । टिमले कुनै रन नै नबनाइ तीन विकेट गुमाएको थियो । स्टोइनिसबाहेक अक्षर पटेलले ४२ रनको योगदान दिए । यो सिजन मुम्बई र दिल्ली बीच भएको यो तेस्रो खेल हो । तीनै खेलमा मुम्बईले दिल्लीलाई हराएको छ ।

यसअघि, हार्दिक पान्ड्याले १४ बलमा ३७ रन बनाएपछि मुम्बईले ५ विकेटको क्षतिमा २ सय बनाउन सफल भएको थियो । मुम्बईका लागि ईशान किशनले सर्वाधिक ५५ र सूर्यकुमार यादवले ५१ रनको पारी खेले । दिल्लीका लागि रवीचन्द्रन अश्विनले ३ विकेट लिए ।

हारका बावजुद दिल्लीसँग फाइनलमा पुग्ने अझै एक मौका छ । सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा दिल्लीले खेल्न पाउनेछ । उक्त खेलको विजेता टोली फाइनलमा मुम्बईसँग भिड्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस