विश्व/प्रवास

पेन्सिल्वेनियामा शुक्रबारसम्म मतगणना हुने

US Election

२१ कात्तिक, काठमाडौं । ताजा खबरका अनुसार पेन्सिल्वेनियामा सुरुमा ट्रम्पको अग्रता देखिएको थियो तर अब जो बाइडन उनीभन्दा अघि देखिएका छन् ।

स्थानीय समयानुसार दिउँसो १२ बजेसम्म ट्रम्प १,३२,६११ मतको फरकले अघि थिए तर बेलुका साढे पाँच बजेसम्म यो फरक ९०,५४२ भोटको रह्यो । यसको अर्थ यो हो कि पछिल्लो ६ घण्टाभित्र बाइडन करिब ४० हजार भोटको मार्जिनले ट्रम्पभन्दा अघि आएका छन् ।

पेन्सिल्वेनियाकी चुनाव अधिकारी क्याथी बुकेवरले आफूलाई भोटर फ्रडको आरोपबारे केही जानकारी नभएको बताएकी छिन् ।

उनले अहिले पनि थुप्रै हजार मतको गन्ती हुन बाँकी भएकोले बिजेताको नामको घोषणाका लागि प्रतिक्षा गर्नुपर्ने बताएकी छिन् । धेरैजसो भोटका गन्ती शुक्रबारसम्म हुनेछ । साथै उनले अबेर गरी पुग्ने ब्यालेटको संख्या निकै कम भएको बताएकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस