समाचार

भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बुमा, राष्ट्रपति चढ्ने हेलिकोप्टरमा माउन्टेन फ्लाईट

Gen Naravane

२१ कात्तिक, काठमाडौं । तीन दिने नेपाल भ्रमणको क्रममा रहेका भारतीय स्थल सेनाअध्यक्ष जनरल मनोज मुकुन्द नरवाणे सोलुखुम्बु पुगेका छन् ।

शुक्रवार बिहान उनी माउन्टेन फ्लाईट गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका लागी खरिद गरिएको हेलिकप्टरमा उनले माउन्टेन फ्लाईट गरेका हुन् । माउन्टेन फ्लाइटपछि उनी खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारिक कार्यक्रम तय गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ । त्यहाँ ब्रेकफास्ट गरेर उनी काठमाडौं फर्कने छन् ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र नरवणेबीच शिष्टाचार भेटवार्ता हुँदैछ । त्यसपछि शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागीता पछि उनी स्वदेश फर्कनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस