राजनीति

पार्टीको आन्तरिक विवादमा राष्ट्रपति संक्रिय हुनु मर्यादा उल्लंघन : भीम रावल

bhim rawal

२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताएका हुन् ।

हालै राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस