समाचार

कोरोना संक्रमणबाट कैलालीमा वडाध्यक्षको मृत्यु

narendra shah

२१ कात्तिक,  कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना ७३ वर्षीय वडाध्यक्षको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा-३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान ६ बजेर ३२ मिनेटमा मृत्यु भएको हो ।

कोरोना संक्रमण पछि शाहको सेती प्रादेशिक कोरोना अस्पतालमा उपचार भइरहेको थियो । कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

उपचारकै क्रममा शाहको आज बिहान उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *