विश्व/प्रवास

भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो, १ लाख २५ हजारको मृत्यु

coronavirus in india

२१ कात्तिक, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय संक्रमित रहेको जनाएको छ । कोरोना संक्रमित कूल व्यक्तिमध्ये ७७ लाख ६५ हजार संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ ।

यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ । महाराष्ट्र राज्यमा अझै एक लाख ७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको छ ।

कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ११ करोड ५४ लाख नमूना परीक्षण गरिएको जनाएको छ । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस