
२१ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ हो र नामको अगाडी विशेषण जोड्नु आवश्यक नभएको भनि टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘संघियता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आवश्यक थिएन । सरकारको निर्णय ठीक छ ।’
उनले भनेका छन्– ‘नाम अगाडी रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’
संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन।सरकारको निर्णय ठीक छ।नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ
— Kamal Thapa (@KTnepal) November 6, 2020