राजनीति

नेकपा सचिवालयको अनौपचारिक बैठक धुम्बराहीमा सुरु

Nekapa office

२१ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित छैनन् ।

नेकपाका नेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि नै अनौपचारिक बैठक भएको हो । तर महासचिव विष्णु पौडेलले नेकपाको सचिवालय बैठक नभएको प्रतिक्रिया दिएका छन् । नेकपामा देखिएको विवाद समाधानतर्फ भन्दा पनि बढ्न थालेपछि नेताहरुबीच पटक पटक अनौपचारिक छलफल भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस