विश्व/प्रवास

प्रेमिकाको आग्रहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिँदै

putin

२१ कात्तिक, काठमाडौं । बेलायती अखबार द सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट राजीनामा दिन लागेको दावी गरेको छ । रुसी उच्च स्रोतले बताएको भन्दै पुटिनले स्वास्थ्यको कारण राजीनामा दिने द सनले उल्लेख गरेको छ ।

समाचार अनुसार पुटिनले २०२० को अन्त्यसँगै पदबाट राजीनामा दिने सम्भावना रहेको छ । औपचारिक रुपमा जानकारी नगराइए पनि ६८ बर्षका पुटिनलाइ पार्किन्सन्स रोग लागेको हुनसक्ने अनुमान गरिएको छ । किनकि उनले पार्किन्सन्स रोगसँग मिल्ने लक्षणहरु देखाइरहेको अन्य अन्तर्राष्ट्रिय समाचार माध्यम हरुले पनि बताइरहेका छन् ।

त्यस्तै रुसका विज्ञहरुले पनि साोही रोगका कारण उनकी ३७ बर्षीया प्रेमिका एलिना कबाएबाले पनि पद छाड्न आग्रह गरिरहेको समाचार माध्यमहरुले बताएका छन् । उनले २०२१ को जनवारीमै पद हस्तान्तरण गर्न सक्ने बताइएको छ ।

पछिल्लो समय सार्वजनिक भएको भिडियोमा पुटिन कुर्सीमा बस्दा खुट्टाहरु निरन्तर काँपिरहेको देखिएको समाचारमा उल्लेख छ । त्यस्तै उनले कलम समाउँदा पनि औंलाहरु काँपिरहेको देखिएको दावी गरिएको छ ।

त्यस्तै भिडियोमा औषधिसमेत सेवन गरिरहेकाे देखिने गरेकाे समाचार माध्यमहरुले बताएका छन् । शक्तिशाली मुलुकहरुको सूचीमा पर्ने रुसको राष्ट्र प्रमुखको राजीनामाको बिषयलाई अन्तराष्ट्रियस्तरमा महत्वका साथ हेरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस