
२२ कात्तिक, काठमाडौं । चर्चित हास्य कलाकार निर्मल शर्मालाई कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले अगाडि लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’
शर्माले आफूसँग सम्पर्कमा आएका सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् । शर्मा पछिल्लो समय छोटा फिल्म, विज्ञानपन चलचित्र, म्युजिक भिडियो र टेलिचलचित्र निर्माण निर्देशनमा व्यस्त रहँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस