विश्व/प्रवास

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

china

२२ कात्तिक, काठमाडौं । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको जनाएको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि सो समाचारमा जनाइएको छ ।

गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले बृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस