विश्व/प्रवास

ट्रम्पका मुख्य सहयोगी मेडोजलाई पनि कोरोना संक्रमण

mark

२२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको बताइएको छ । अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ ।

कोरोनाभाइरसका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहेका ट्रम्पका मुख्य सहयोगी नै सङ्क्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन ।

मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा गएका थिए । त्यति बेला उनले मास्क समेत प्रयोग गरेका थिएनन्। त्यसैले उनीबाट धेरै जना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनी मतगणना स्थलहरुमा पनि मास्क विना जाने गरेकोले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्प सङ्क्रमित हुँदा पनि उनीलाई सवैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहेका थिए। ट्रम्पले कोरोनाभाइरसलाई सामान्यीकरण गर्दै आएका छन् ।

अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । अहिलेसम्म  ९७ लाखभन्दा बढी भन्दा बढी सङ्क्रमित भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस