
२२ कात्तिक, काठमाडौं । महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार देशभर किशोरीहरुले प्रदर्शन गरेका छन् । ‘अझै कति सहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए ।
यस्तै आँखामा कालो पट्टी समेत बाँधेका थिए । उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए भने कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो ।
यो अभियानले सातै प्रदेशका करिब ५० जिल्लामा शनिबार दिउँसो ३ बजे एकैचोटी ‘फ्ल्यास मब’ गर्दै महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाइएको कार्यक्रम संयोजक भावना राउतले बताइन् ।
प्रतिक्रिया दिनुहोस