समाचार

कर्मचारीलाई दबाब र प्रभावमा नपरी काम गर्न गृहसचिवको आग्रह

Maheshor Neupane

२२ कात्तिक, काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले दबाव र प्रभावमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । तनहुँ जिल्लाका कार्यालय प्रमुखहरुलाई आज यहाँ सम्बोधन गर्दै उनले कानुन र नियमको परिधिभित्र रहेर जनताको सेवामा खटिन आग्रह समेत गरे ।

“नियम र कानुन हेरेर काम गर्नुहोस, कसैको दबावमा नपर्नुहोस्,” उनले भने, “कानुन र कर्तव्य सम्झिएर जनताको सेवा नै कर्मचारीको मूल लक्ष्य हो ।” गृह सचिव न्यौपानेले शान्ति सुरक्षा मजबुद बनाउँदै जीउधनको रक्षाका लागि क्रियाशील रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

सो अवसरमा  प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । बैठकमा जिल्लास्थित कार्यालयका प्रमुखका अतिरिक्त लमजुङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस