
२२ कात्तिक, दाङ । सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीपमा सवार अन्य ५ जना सकुशल रहेको वलीले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ का ३५ वर्षीय जीप चालक भीमबहादुर वली, १७ वर्षीय भीमराज बुढा र ६५ वर्षीय गजबहादुर बुढा रहेको वलीले जानकारी दिए ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्भान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस