समाचार

गण्डकीमा तीन जनाको मृत्यु

corona dead

२२ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस