विश्व/प्रवास

बाइडेनले आफूले आफैंलाई बिजेता बताउनु गलतः ट्रम्प

trump

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको नतिजा मान्न अस्वीकार गरेका छन् ।

उनले यसबारे एक बयानजारी गरेका छन् जसमा उनले भनेका छन्, ‘हामी सबैलाई राम्रोसँग थाहा छ कि बाइडन हतार गर्दै गलत तरिकाले आफूलाई बिजेता बताइरहेका छन् । मिडियामा उनको समर्थक उनको मद्दत गर्न यति धेरै किन कोसिस गरिरहेका छन् । उनीहरु वास्तविकताबारे पर्दाफास होस् भन्ने चाहँदैनन् ।’

‘सिधा कुरा यो हो कि अहिले यो चुनाव समाप्त भइसकेको छैन । जो बाइडेनलाई अहिलेसम्म कुनै पनि राज्यले बिजेता घोषित गरेको छैन । थुप्रै राज्यमा पुनः मतगणना हुँदैछ । यस्ता राज्य पनि छन् जहाँ हाम्रा प्रतिनिधिले कानूनी रुपमा आपत्ति  पनि दर्ता गरेका छन् ।’

ट्रम्पले यसअघि पनि भोट गन्तीको विषयमा प्रश्न उठाइरहेका छन् । यद्यपि, उनले यससम्बन्धि कुनै प्रमाण भने पेश गरेका छैनन् । ट्रम्पका वकिलले सोमबारदेखि कानूनी लडाईं सुरु गरिने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस