
२३ कात्तिक, काठमाडौं । बलिउड अभिनेता सुनील सेट्टीलाई हालै भारतको प्रतिष्ठित अवार्ड ‘भारत रत्न डा. अम्बेडकर’ बाट सम्मानित गरिएको छ । उनले कोभिड-१९ कालमा राहत बाँडेर गरेको योगदानका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो ।
उनलाई महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीले शनिबार साँझ राजभवनमा बोलाएर सम्मान गरेका हुन् । महामारीको समयलाई मध्येनजर राख्दै सम्मान समारोहमा २५ जना मात्र उपस्थित थिए ।
शेट्टीले महिला सशक्तीकरण, पशु कल्याणका लागि जागरूकता बढाउने तथा लकडाउनका क्रममा मुम्बईका डब्बावालाहरुलाई सहयोग गरेका थिए । अवार्डबाट सम्मानित भएपछि शेट्टीले सम्झनलायक काम गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस