समाचार

नवनिर्वाचित बाइडेन र कमलालाई प्रधानमन्त्री ओलीको बधाई

kp oli

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘शानदार जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नयाँ नेतृत्वसँग मिलेर काम गर्ने अवसर प्राप्त भएको छ ।’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस