२३ कात्तिक, पाल्पा । पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गाउँपालिका वडा नम्बर १ कचलमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको छ ।
जंगलमा बाख्रा चराउन गएका सोही स्थानका टिका कुमारी गाहाको छोरा सुरज गाहा विजुलीको पोलमा चढ्दा शनिबार दिउँसो घाइते भएका थिए । घाइते उनको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस