समाचार

राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनलाई बधाई

Bidhya Bhandari

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई बधाई दिएकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा लिएको बताएकी छन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् ।

मंगलवार सम्पन्न अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन विजयी भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस