समाचार

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

gold

२३ कात्तिक, काठमाडौं । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस