बैँक / वित्त

राष्ट्र बैंकको निर्देशनपछि कुमारी बैंकको लाभांशमा परिवर्तन

kumari bank

२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि कुमारी बैंकले लाभांशमा परिवर्तन गरेको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यसअघि दिने भनिएको बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको हो ।

शुक्रबारको निर्णय अनुसार अब सेयरधनीहरुले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पाउनेछन् । यस अघि भने बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत नै लाभांश दिने घोषणा गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस