अर्थनीति

सहकारीहरूलाई पुस मसान्तभित्र साधारणसभा गरिसक्न महानगरपालिकाको निर्देशन

KTM Mahanagarpalika

२३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई आगामी पुस मसान्तभित्र साधारणसभा गरिसक्न निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण र लकडाउनको कारण देखाउँदै सहकारी संस्थाहरूले आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि साधारणसभा गरेका छैनन् । महानगरको सहकारी विभागले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन पठाउन सहकारीहरूलाई निर्देशन दिएको हो ।

कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको अवस्थामा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलनको पूर्ण परिपालन गर्दै साधारणसभा सम्पन्न गर्न विभागले आग्रह गरेको छ । त्यसो त सहकारी संस्थाहरुले कार्य व्यवस्था निर्देशिका–२०७६ बमोजिम गणपुरक संख्या पु¥याएर मात्र साधारण सभा गर्न पाउने छन् । सोही निर्देशिका अनुरुप तत्त पश्चात सहकारीहरुले आधारभूत आधारका बारेमा साधारणसभा सदस्यहरुलाई जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ । यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।

सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामार्फत सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन साधारण सभाका लागि आग्रह गरिएको महानगरले जनाएको छ । सोही नीति अनुरुप महानगरले समय सीमा नै तोकेर पुस मसान्तभित्र साधारणसभा सकिसक्न महानगरपालिका भित्रका सहकारीहरुलाई निर्देशन गरेको हो । यसका लागि महानगरले साधारणसभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत विषयवस्तुलाई बुँदागत तथा तालिकामा समेत प्रस्स्तुत गरेको छ ।

nagar1 nagar2

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस