समाचार

सवारी दुर्घटनामा परी सहायक क्याम्पस प्रमुख पौडेलको मृत्यु

dr shiva poudel accident

२३ कात्तिक, बुटवल । सवारी दुर्घटनामा परी बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख शिव पौडेलको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१ शंकरनगर निवासी पौडेलको आइतबार बिहान स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो ।

नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड वालमा ठोक्किएर गम्भीर घाइते भएका पौडेललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख डम्बर विकले पुष्टि गरे ।

बुटवल बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक उनी हालै मात्र सहायक क्याम्पस प्रमुखमा नियुक्ति पाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस