२३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा १२ सय ९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप २८ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस