समाचार

ओखलढुंगामा राष्ट्रिय परिचयपत्र वितरणका लागि दर्ता प्रकृया सुरु

id card

२३ कात्तिक, ओखलढुंगा । ओखलढुंगामा राष्ट्रिय परिचयपत्र वितरणका लागि दर्ता प्रकृया सुरु भएको छ ।

जिल्लाको माने भञ्ज्याङ गाउँपालिकाबाट परिचयपत्र वितरणका लागि दर्ता प्रकृया सुरु भएको हो । गाउँपालिकाका ९ वडाका २० स्थानबाट ४० टोलीले एकैसाथ दर्ता प्रकृया सुरु गरेका जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ ।

तिहार अघिनै उक्त गाउँपालिकामा सकेर खिजीदेम्वा गाउँपालिकाबाट दर्ता प्रकृया सुरु गर्ने तयारी प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । जिल्लाका आठै तहमा चैतअघि नै सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ ।

दर्तामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले सहजीकरण तथा अनुगमन गर्ने पौडेलको भनाई छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र मानेभन्ज्याङ गाउँपालिकासँगको सहकार्यमा अभियानको थालनी गरेको हो ।

विभागले आम नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गरी सेवा प्रवाह छिटो, विद्युतीय सुशासन कायम गर्ने उद्देश्य छ।   जिल्लाभर दर्ता सकेर परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।

सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबै खाले सेवा प्रवाह छिटो छरितो रूपमा गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान थालिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस