खेलकुद समाचार

नेपाली फुटबल टिम बंगलादेशमा अभ्यास गर्दै

nepali football team practice in bangladesh

२३ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटल टिमले आइतबारदेखि मैदानमा अभ्यास खेल सुरु गरेको छ । काठमाडौंबाट बिहीबार ढाका पुगेको नेपाली टिमले आजदेखि अभ्यास सुरु गरेको हो ।

नेपाली फुटबल टिम बंगलादेशको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि ढाका पुगेको हो । नेपाली फुटबल टिम कोभिड १९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटल क्वारेन्टाइनमा बसेको थियो ।

क्वारेन्टाइनमा रहेकै बेला पनि होटलको छतमा दुई दिन सम्म सामान्य अभ्यास गरेको टीमको पीसीआर रिपोर्ट नेगेटीम आएसँगै आजदेखि मैदानमै अभ्यास गर्न अनुमति पाएको हो ।

यससँगै शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिन २ घण्टा भन्दा बढी अभ्यास गरेको छ । ढाका पुगेपछि पहिलोपटक मैदानमा अभ्यास गराउन पाउनुभएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिएपनि नेपाली टिमले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

यस्तै कप्तान किरण चेम्जोङले नेपाल र बंगलादेशको स्तर समान रहेकोले पनि मैत्रीपूर्ण खेलमा तीव्र प्रतिस्पर्धा हुने बताए । उनले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली सक्षम रहेको बताए ।

नेपाली फुटबल टिमले कात्तिक २८ गते र मंसिर २ गते बंगबन्धु स्टेडियममा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस