समाचार

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

corona hospital butwal

२३ कात्तिक, बुटवल । बुटवलस्थित कोरोना विशेष (अस्थाई) अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना–१ का ५५ वर्षीय पुरुषकोआज दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । ती पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि आफन्तले आज अस्पताल ल्याएका थिए ।

पीसीआर नतिजा पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको डा.गौतमले बताए । मृतकलाई उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस