समाचार

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

covid19 nepal

२४ कात्तिक, काठमाडौं । समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।

बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ ।

असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *