समाचार

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

corona dead

२४ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरुषको  उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेको बताइएको छ ।

योसगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस