२४ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको रु ९७ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस