२४ कात्तिक, काठमाडौं । विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई ‘निमित्त प्रमुख’ रूपमा जिम्मेवारी दिएको हो ।
मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिए । शाक्यले आजैदेखि प्राधिकरणकाे पदभार सम्हाल्ने उनको भनाइ छ ।
यसअघि तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस