अटो

टीभीएस दसैंको आशामा जनकपुरका रत्नेश कुमारले जिते अपाचे आरआर ३१०

Apache RR310 Winner

२४ कात्तिक, काठमाडौं । ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत भाग्यशाली विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । यस योजनाअन्तर्गत जनकपुरका रत्‍नेशकुमार कर्णले टीभीएस अपाचेआरआर ३१० जितेका छन् । उनले टीभीएसको वेबसाइटमा गएर फर्म भरेका थिए र मोटरसाइकल जितेका हुन् । विजेतालाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

यो योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्‍ने छैन । ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउनेछन् ।

बम्पर उपहारका रूपमा हरेक साता एक जनाले जित्‍नसक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो-कोहीले टीभीएसको वेबसाइटमा गएर फाराम भर्नु पर्नेछ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु-ह्विलर्सका लागि आधिकारिक वितरक हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस