बैँक / वित्त

सिटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको वायरसा रेमिट्यासबीच कारोबार सुरु

city express and wirease

२४ कात्तिक, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको वायरसा रेमिट्यासबीच कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले वायरसाको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वायरसाको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन् । नोभेम्बर ३० सम्म वायरसाबाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क हुने कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस