समाचार

काठमाडौं उपत्यकामा थपिए १४१८ जना कोरोना संक्रमित

kathmandu valley

२४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा थप १४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप  १४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ११२६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै,  सोमबार नेपालमा थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने अहिलेसम्म १ लाख ५९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस