समाचार

ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

hari giri

२४ कात्तिक, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । चितवनको कठराका जीवन लोहनीको हत्या संलग्न भई फरार रहेका झापाका रामकुमार गिरीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

काठमाडौं रानीबारी बस्ने १८ वर्षीय लोहनीको हत्या आरोपमा झापाको मेचीनगर नगरपालिका–७ आर्याबारीका ३३ वर्षीय गिरीलाई भक्तपुर चाँगुनारायण नगरपालिकाबाट सोमबार पक्राउ गरेको महाशाखाका प्रमुअ प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले बताए ।

गिरीलाई लोहनीको हत्या अभियोगमा काठमाठौं जिल्ला अदालतले उनलाई २०६४ असार ११ गते कैद सजाय तोकिएको थियो । लोहनीको २०६१ माघ ११ गते काठमाडौंको सामाखुशीमा हत्या गरेपछि गिरी फरार थिए । मृतक लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेका थिए ।

लामाले नदिएपछि लोहनीले लामालाई कुटपिट गरेको निहुँमा गिरीले लोहनीलाई हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । उक्त घटनापछि उनी केही समय विदेशमा समेत बसी पुनः नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकीछिपी बस्ने गरेका थिए ।

उनलाई महाशाखाको विशेष टोलीको नियमित निगरानीमा रहेको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागी काठमाण्डौं जिल्ला अदालत बुझाईएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस