समाचार

अलग–अलग घटनामा दुईको जनाको मृत्यु

Death Body

२४ कात्तिक, काठमाडौं । करेन्ट लागेर पुर्वी चितवनमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय सुकबहादुर पाख्रिन रहेका छन् । कालिका नगरपालिका–६ खोलेसिमलमा पुरुषोत्तम कँडेलको घर बनाउने क्रममा बिजुलीको तारमा परी उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागि घाइते उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा आज दिउँसो बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते पाख्रिनलाई जोगाउने क्रममा स्थानीय अनीश श्रेष्ठ सामान्य घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस